माछापुच्छ्रे बैंकद्धारा विभिन्न प्रदेशका सरकारी विद्यालयलाई सहयोग


माछापुच्छ्रे बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत बाग्मती, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरुलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ ।

बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा न.पा.वडा नं.१५, माल्नेटामा रहेको श्री त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार निर्माण गर्न र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी न.पा.वडा नं.०६, बडेहाँ स्थित श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न दुबै विद्यालयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । त्यसैगरि बैंकले बागमती प्रदेशको का.म.न.पा. वडा नं. ४ लम्टङ्गीन स्थित पञ्चकन्या आधारभुत विद्यालयलाई आवश्यक सभाहलको निर्माण गर्नै सम्झौतामा हस्ताक्षर गरेको छ ।

विद्यालय संचालनका लागि अति आवश्यक पर्ने खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाए पश्चात बैंकले उक्त दुई सरकारी विद्यालयहरुको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गर्ने निर्णय गरेको हो ।

२८९ जना विद्यार्थी एंव १८ जना शिक्षक तथा कर्मचारी कार्यरत श्री त्रिभुवन जन माध्यमिक विद्यालयले ३ हजार ५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाईप जडान गरि खानेपानीको व्यवस्था गर्दै आएकोमा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाईप जलेर आपूर्ती बन्द हुने लगायतका समस्या भोगिरहेको छ भने १ हजार ८०० भन्दा बढि विद्यार्थी र ३५ जना शिक्षक तथा कर्मचारी कार्यरत श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था खराव रहेको हुदाँ विद्यार्थी एंव शिक्षकहरुले समस्या भोगिरहनु परेको बैंकले जनाएको छ ।

विद्यालयको पुर्वाधार निर्माण गर्ने सम्बन्धि सम्झौता पत्रमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिको तर्फबाट अध्यक्ष तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम बैंकले श्री त्रिभुवन जन माध्यामिक विद्यालय परिसरमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार र श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गरी हस्तान्तरण गर्नेछ ।

यसैगरी काठमाण्डौँ महानगरपालिकाको नमुना विद्यालयको वर्गिकरणमा परेको पञ्चकन्या आधारभूत विद्यालयमा आवश्यक सभाहलको अभावका कारण विभिन्न शैक्षिक कार्यक्रमहरुको आयोजनामा समस्या देखिएको भन्दै सभाहल निर्माणमा सघाउन आएको आग्रह अनुसार बैंकले उक्त स्कुलमा सभाहलको निर्माण गर्नै निणर्य गरेको विज्ञप्तिमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।