यू-१९ विश्वकप : पाकिस्तानसँग खेल्दै नेपाल, खेल पौने दुई बजे सुरु


आइसिसी यू-१९ विश्वकप २०२४ को समूहको दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । खेल दक्षिण अफ्रिकाको इस्ट लन्डनमा दिउँसो पौने दुई बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग हार बेहोरेको थियो । पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो ।

नेपाल र पाकिस्तानको युवा टिमबीच दुई महिनामा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघि गत मंसिरमा भएको एसिया कपमा नेपालमाथि पाकिस्तानले उत्कृष्ट जित निकालेको थियो ।

यू-१९ विश्वकपमा नेपाल र पाकिस्तानबीच यो तेस्रो प्रतिस्पर्धा हो । यसअघिका दुई प्रतिस्पर्धामा नेपालले एक खेलमा जित निकालेको थियो ।

सन् २००२ को यू-१९ विश्वकपमा नेपालले पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो । सो विश्वकपमा यो नतिजालाई प्रतियोगिताकै सनसनीपूर्ण मानिएको थियो ।

सन् २०१६ को विश्वकपमा भने पाकिस्तानले नेपाललाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।