दोस्रो त्रैमासमा पनि फर्स्ट माइक्रो बन्यो वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी, यस्तो छ प्रगति

0
Shares

फर्स्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीले ६ करोड ६९ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा गत वर्षको यसै अवधि भन्दा १८.८५ प्रतिशतले बढी हो । गत वर्ष यस अवधिमा फर्स्टले ५ करोड ६३ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ५४ करोड ४९ लाख सापटी लिएर यस अवधिमा ५ अर्ब ८४ करोड ७० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। यसबाट कम्पनीले १० करोड ५८ लाख २५ हजार खुद ब्याज आम्दानी गरेको छ।

८० करोड ७ लाख ४१ हजार रुपैयाँमा चूक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १७ करोड ४२ लाख रुपैयाँ छ । माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७२ पैसा, प्रति शेयर नेटवर्थ १२१ रुपैयाँ ७७ पैसा र मूल्य आम्दानी अनुपात २४.८२ गुणा रहेको छ ।