अपाङ्गता भएका व्यक्तिलाई व्यवसाय गर्न आर्थिक सहयोग


सामुदायिक वन समन्वय समिति कञ्चनपुरले अपाङ्गता (फरक क्षमता) भएका व्यक्तिलाई व्यवसाय गरी आयआर्जन गर्न आर्थिक सहयोग गरेको छ । कञ्चनपुरका चार स्थानीय तहका १२ जनालाई सो सहयोग प्रदान गरिएको हो । 
 
शुक्लाफाँटा, कृष्णपुर र पुर्नवास नगरपालिका तथा लालझाडी गाउँपालिकामा फरक क्षमता भएका व्यक्तिलाई व्यवसाय गर्न जनही १९ हजार रुपैयाँका दरले सहयोग उपलव्ध गराइएको छ । समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीका अनुसार सामुदायिक वनमा आवद्ध फरक क्षमता भएका व्यक्तिलाई खुद्रापसल, मसाला पसल, किराना पसल, सिलाइकटाई पसल सञ्चालन तथा बाख्रपालनका लागि सहयोग उपलव्ध गराइएको हो ।  
 
“थोरै भए पनि व्यवसाय थाल्न रकम उपलव्ध गराइएको हो, व्यवसाय सञ्चालन पछि तालिम र  बजार प्रवद्र्धनमा सहयोग गर्छौँ,” अध्यक्ष जोशीले भने । खुद्रापसल, सिलाई कटाई, किराना पसल र मसाला पसल सञ्चालनका लागि एक एक जना तथा बाख्रापालनका लागि आठ जनालाई सहयोग गरिएको छ । उक्त सहयोग पाउनेमा पुर्नवास र लालझाडीका एक एक, शुक्लाफाँटाका तीन तथा कृष्णपुरका सात जना छन । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।