भ्रमण वर्षमा कविलास रिसोर्टको २० प्रतिशत छुटसहित विशेष प्याकेज

0
Shares

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको कविलास रिसोर्टले विशेष प्याकेज ल्याएको छ ।

आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा रिसोर्टका अध्यक्ष बाबुराम उपाध्यायले रिसोर्टले २० प्रतिशत छुटसहित विभिन्न प्याकेज ल्याएको बताए।

उनले भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको पनि भूमिका रहेकाले छुटसहितको प्याकेज घोषणा गरिएको जानकारी दिए । रिसोर्टमा गुणस्तरीय खाना र बस्ने व्यवस्थादेखि मनोरञ्जनका लागि फनपार्क, वाटर पार्क र स्वीमिङ पुल, वनभोजस्थल, धार्मिक कार्यक्रमका लागि सिद्धेश्वर महादेवको मन्दिरसमेत रहेको छ ।

उनका अनुसार भ्रमण वर्षमा रिसोर्टमा आई रात बिताउने पाहुनालाई बिहानको खाजा र पैडी खेल्न निःशुल्क गरिएको छ । रिसोर्टले नै सौराहा, जनकपुर, लुम्बिनी, देवघाट, शास्वतधाम, गणेशस्थान, बीसहजारी तालसमेत घुमाउने छ ।

रिर्सोटमा पारिवारिक रुप्मा बस्न मिल्ने, आफूले पकाएर खान मिल्ने सात पारिवारिक भिल्ला, एकै पटकमा ४० देखि ५० समूहलाई पुग्ने वनभोज, जैविक फार्म हाउसः खेतीपाती, कुखुरापालन, बाख्रापालन, हाँसपालनसमेत रहेका छन् ।

भ्रमण वर्षका अवसरमा होटल एशोसिएशन नेपाल, नेपाल पर्यटन व्यवसासीले समेत छुट दिँदै आइरहेका छन् । करीब ६० करोड लगानीमा रहेको रिसोर्ट २५ बिघा क्षेत्रफलमा रहेको छ ।