सरकारी जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ

0
Shares

बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो । चौधरीलाई बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोप छ।

चौधरीसँगै छाला उद्योगका पदाधिकारी अजितनारायण सिंह थापालाई पनि पक्राउ गरिएको सीआईबीले जनाएको छ । बाँसबारी छाला जुत्ता उद्योगको १० रोपनी सरकारी जग्गा कानुनविपरीत चाँदबाग स्कुलको नाममा ल्याएको आरोप छ।

२०४२ देखि विभिन्न मितिमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा, छालाजुत्ता कारखानाको पन्चायतकालको सन्चालक समिति निर्णयको आधारमा चौधरी र अजितनारायण सिंह थापालगायतको मिलेमतोमा हडपेको आरोपमा पक्राउ गरिएको जनाइएको छ ।  सरकारी जग्गा हिनामिनाको घटना अख्तियार र सीआइबीले अनुसन्धान गरिरहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।