जनवरीमा आए ७९ हजारभन्दा बढी पर्यटक, सबैभन्दा बढी भारतीय

0
Shares

सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो। गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
 
नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१ हजार आठ सय ९७ जना बाहिरिएका छन् । जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार एक सय ३९ जना नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा १६ हजार चार सय ३६ भारतीय पर्यटक नेपाल आएका थिए । 
 
साथै चिनियाँ पर्यटक सात हजार दुई सय ६७, अमेरिकी पर्यटक सात हजार ४७, थाइल्याण्डबाट चार हजार छ सय १९ जना पर्यटक नेपाल आएका छन् ।
 
जनवरीमा दक्षिण कोरियाबाट तीन हजार आठ सय १२, बङ्गलादेशबाट तीन हजार छ सय २९, अष्ट्रेलियाबाट तीन हजार चार सय २१, बेलायतबाट तीन हजार दुई सय ७६, भुटानबाट दुई हजार दुई सय २९ र जापानबाट एक हजार पाँच सय ६८ जना विदेशी पर्यटक नेपाल आएका छन् । 
 
 
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।