सुन चाँदीको भाउमा सामान्य वृद्धि

0
Shares

सुन चाँदीको भाउमा माघ ३ गते शुक्रबार सामान्य वृद्धि भएको छ । बिहीबारको तुलनामा सुनको भाउमा प्रतितोला १०० रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले महङ्गो भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७४ हजार ८०० रुपैयाँ र तेजाबी सुन ७४ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला ८९० रुपैयाँमा कारोबार भैरहेको छ।

अघिल्लो दिन (माघ २ गते) बिहीबार सुन छापावाल सुनको भाउ प्रतितोला ७४ हजार ७०० रुपैयाँ, तेजावी सुन ७४ हजार ४०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ८८५ रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार सुन तथा चाँदी दुबैको भाउ स्थीर रहेको थियो। बुधबार भने सुन ७०० रुपैयाँले बढेको थियो।