एशियन लाइफले ७.७५% बोनसपछि ४२% हकप्रद जारी गर्ने

0
Shares

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्ता पुँजीको ७.७५ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको माघ १९ गते बसेको १८९ औं बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ करोड ५१७ रुपैयाँको ७.७५ प्रतिशतले हुन आउने २४ करोड ४५ लाख ३५ हजार ७९० रुपैयाँ बराबरको बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि १ करोड २८ लाख ७० हजार ३०५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै एशियन लाइफको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँबाट हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम गर्न १ बराबर ०.४२ प्रतिशतका दरले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४९ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने निर्णय समेत गरेको हो ।

इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको हकप्रदपछि चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५६ रुपैयाँ पुग्नेछ । प्राधिकरणले तोकेको चुक्ता पुँजी ५ अर्ब कायम गर्न कम्पनीलाई १७करोड २३ लाख थप पुँजी आवश्यक पर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।