नेपाल धितोपत्र बोर्डका निर्वतमान अध्यक्ष डा. रेवत बहादुर कार्की सेन्टर फर माइक्रोफाइनान्स नेपाल (सीएमएफ) को कार्यकारी अध्यक्ष बनेका छन्।
सेन्टर फर माइक्रोफाइनान्स नेपालले लघुवित्तहरुले वित्तीय, क्षेत्रमा सामना गरेका प्रमुख समस्या, मुद्दा, चुनौती तथा कठिनाइमा जस्ता मुद्धामा काम गर्दै आइरहेको छ।
पूँजी बजारको नियामक निकायको नेतृत्व प्रदान गरिसकेका कार्कीको कार्यकालमा सीएमएफ नेपालको थप शाख र उचाई वृद्धि हुने अपेक्षा गरिएको छ।
कार्कीले गत असोजदेखि धितोपत्र बोर्डको अध्यक्ष पदबाट अवकास पाएका थिए।
प्रतिक्रिया