मिथिला लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा अधिकांश सूचकमा खराब प्रदर्शन गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा, ब्याज आम्दानी, सञ्चालन नाफा, जगेडा कोष, खराब कर्जा, प्रतिसेयर आम्दानी लगायतको सबै सूचकमा खराब अवस्था देखिएको हो ।
समीक्षा अवधिमा खुद नाफा ३८.७३ प्रतिशतले घटेर १ करोड ३३ लाख २४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको पुससम्ममा मिथिलाले २ करोड १७ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्म आइपुग्दा खराब कर्जा अनुपात ३.२९ बाट १.१८ प्रतिशत बिन्दुले बढेर ४.४७ प्रतिशत पुगेको छ । यसले सम्भावित कर्जा नोक्सानी व्यवस्था रकम ८७ लाखबाट बढेर १ करोड ४४ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजी १९ करोड ६० लाख २ हजार रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी वार्षिक १३ रुपैयाँ ६० पैसा, प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ २२ पैसा छ । छ । जगेडा कोषमा १३ करोड १७ लाख ५१ हजार रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिमा खुद ब्याज आम्दानी २.५६ प्रतिशतले घटेर ५ करोड ५७ लाख ७८ हजार रुपैयाँ र सञ्चालन नाफा ५७.२० प्रतिशतले घटेर १ करोड १२ लाख १६ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको पुस मसान्तसम्म लघुवित्तले ५ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो भने सो अवधमिा लघुवित्तको सञ्चालन नाफा २ करोड ६२ लाख ८ हजार रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्म आइपुग्दा समीक्षा अवधिमा लघुवित्तले निक्षेप संकलन ९४ करोड ७४ लाख रुपैयाँ तथा बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ३३ करोड ६१ हजार रुपैयाँ सापटी लिएर २ अर्ब ४९ करोड ११ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया