ग्लोबल आइएमई बैंकको ऋणपत्रलाई न्यून जोखिम रेटिङ ‘इक्रा एनपी एलए माइनस’

0
Shares

ग्लोबल आइएमई बैंकले निष्काशन गर्न लागेको ऋणपत्रले ‘इक्रा एनपी एलए माइनस’ रेटिङ पाएको छ ।

इक्रा नेपालले बैंकको एक अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए माइनस’ रेटिङ प्रदान गरेको हो।

धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि बैंकले एक हजार रुपैयाँ दरमा १५ लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । बैंकले ऋणपत्र निष्कासनको लागि बोर्डमा आवेदन भने गरेको छैन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरेपछि वाणिज्य बैंकहरुको ऋणपत्र निष्कासनको क्रम बढेको छ ।

चालु आर्थिक बर्षको पहिलो ६ महिनामा धितोपत्र बोर्डबाट बैंकहरुले साढे १६ अर्बको ऋणपत्र निष्कासनको अनुमति पाईसकेका छन् । सात कम्पनीको १३ अर्ब रुपैयाँभन्दा धेरैको ऋणपत्र पाइपलाइनमा रहको छ ।