घरबाटो सिफारिसका लागि ५ लाख घुस लिने वडा अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्धा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोग घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग ५ लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएका एक वडा अध्यक्ष विरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।

आयोगले जिल्ला बारा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तारा बहादुर कार्की क्षेत्री विरुद्ध बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरको हो।

क्षेत्रीले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, हेटौंडाबाट खटिई गएको टोलीले क्षेत्रीलाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएकोे थियो।

अनुसन्धानको सिलसिलामा क्षेत्रीले घरबाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस/रिसवत माग गरी लिएको पुष्टी भएको आयोगको भनाई छ । क्षेत्रीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेकोले निजलाई बिगो ५ लाख कायम गरी बिगो बमोजिम जरिवाना सजाय समेत मागदाबी लिई आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।