सूचना प्रविधि उद्योगलाई राज्यले प्राथमिकता दिनुपर्छ: चेम्बर अध्यक्ष मल्ल

0
Shares

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधी सम्वन्धी उद्योगलाई प्राथमिकतामा राखेर आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आजदेखि सुरु भएको क्यान इन्फोटेक मेलाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष मल्लले डिजिटल अर्थतन्त्र राज्यको प्राथमिकतामा पर्नुपर्ने बताए ।

विश्वमा सूचना प्रविधिको विकासले तीव्र फड्को मारिरहेका बेला नेपालले पनि यसबाट फाईदा लिनुपर्ने अध्यक्ष मल्लको भनाई छ । उनले भने, ‘नेपालले अन्तराष्ट्रिय आईटी कम्पनीको व्याकअपका रुपमा काग गर्न सक्छ । हाम्रा थुप्रै युवाहरुलाई रोजगारीको मुल प्रवाहमा ल्याउन सकिन्छ, ।’

सूचना प्रविधि सम्वन्धी अन्तर्राष्ट्रिय ठूला कम्पनीको व्याकअपका रुपमा काम गरेर रेमिट्यान्स भित्र्याउन सकिने अध्यक्ष मल्लले जोड दिए । अन्तर्राष्ट्रिय आइटी कम्पनीका लागि सर्पोट एवं विभिन्न एप्सहरु बिक्री माफर्त नेपालले गत वर्ष झण्डै ६८ अर्ब रुपैयाँ आम्दानी गरेको अध्यक्ष मल्लले स्मरण गरे ।

मुलुकको आर्थिक समृद्धिका लागि अवको प्राथमिकता आईटी क्षेत्र र सोही अनुसारको नीति हुनुपर्ने अध्यक्ष मल्लले बताए । डिजिटल अर्थतन्त्र मार्फत आर्थिक गतिविधी बढाउनुपर्नेमा उनले जोड दिए । सूचना तथा सञ्चार एवं प्रविधिका नयाँ नयाँ साधनहरुलाई आमजनताको पहुँचमा पुग्नेगरी गतिविधि विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । डिजिटल अर्थतन्त्र विकास गर्न सकिए आर्थिक पारदर्शिता कायम हुने अध्यक्ष मल्लले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।