जुलीज केक र पेस्ट्रीले अनलाइनबाट सेवा दिने


दुई दशकदेखि बेकरी व्यवसाय गर्दै आएको जुलीज केक र पेस्ट्रीले अनलाइनबाट पनि सेवा सुरु गरेको छ । ग्राहकहरुको सुबवधाका लागि अनलाइन सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।

जुलीले आफ्नै इकमर्श प्लेटफर्म सार्वजनिक गर्दै अनलाइनबाट सेवा सुरु गरेको हो । जुलीको अनलाइन सेवामार्फत ग्राहकहरुले आफूलाई मनपर्ने र गुणस्तरीय बेकरी तथा केक आईटमहरु मगाउन सक्ने विज्ञप्तिमा उल्लेख छ ।

जुलीज केक र पेस्ट्रीका संस्थापक ज्योति नकर्मी र जुली प्रधानाङ्गले नयाँ प्रविधिलाई आत्मसात गरेर ग्राहक सेवा बिस्तार गर्न पाएकोमा हर्षित भएको बताए ।

ूहामीले सानो बेकरीको रुपमा शुरु गरेको जुलीज केक्स एण्ड पेष्ट्रीजले आफ्नो यात्राको दौरान गुणस्तरीय उत्पादन र सेवा प्रदान गरिरहेका छौं । अहिलेको आधुनिक समय र हाम्रा ग्राहकहरुको व्यस्ततालाई ध्यानमा राखेर अनलाइनमार्फत पनि अर्डर गर्न सकिने सुबिधा शुरु गरेका छौं। यसले हामीलाई ग्राहक प्रति थप जिम्मेबार र प्रतिबद्ध हुन सहयोग गर्नेछ,” उनीहरुले भने ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।