गण्डकी विकास बैंक र आईसीएफसी फाइनान्सले वितरण गर्न थाले लाभांश

0
Shares

गण्डकी विकास बैंक र आईसीएफसी फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरि साधारण सभाबाट पारित लाभांश पठाउन थालेका छन्।

दुबै कम्पनीले साधारण सभाका लागि बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा नै पठाउने भएका छन्। यसपश्चात शेयर डिम्याट गराउने र डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई भने क्रमश लाभांश पठाउँदै जाने जारी सूचनामा उल्लेख गरिएको छ।

गण्डकीको गत पुस २९ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाले कर प्रयोजन सहित १७.३२ प्रतिशत नगद लाभांश अनुमोदन गरेको थियो। उक्त लाभांश पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन्।

बैंकले गत असोज ८ गते मेगा बैंकसँग लिय हुने सम्झौता गरी प्रकृयामा रहेकाले सो मितियता भने बैंकको शेयर कारोबार भने रोक्का रहेको छ।

उता आईसीएफसीले पनि पुस २९ गते नै फाइनान्सको १६ औँ वार्षिक साधारणबाट ५ प्रतिशत बोनस र ८ प्रतिशत नगद लाभांश अनुमोदन गराएको थियो। साधारण सभाका लागि फाइनान्सले पुस १५ गतेदेखि २९ गतेसम्म बुकक्लोज गरेकाले पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन्।