एनएमबि लघुवित्तको अवितरित हकप्रद शेयर लिलामीमा आवेदन खुल्यो

0
Shares

एनएमबि लघुवित्त वित्तीय संस्थाको अवितरित हकप्रद शेयरमा माघ ५ गते आइतबारदेखि लिलामी आवेदन खुला भएको छ।

लघुवित्तले सर्वसाधारण तर्फको १ लाख ८ हजार ७३३ दशमलव १३ कित्ता सर्वसाधारण समूहको शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो।

इच्छुक लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा १०० कित्तादेखि लिलामीमा ल्याइएको सबै कित्ताका लागि माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन्।

बिक्री प्रकन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, एनएमबि लघुवित्तको कार्यालय पोखरा हेम्जा, तथा सनराइज बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत नेपालगञ्ज र धनगढीबाट आवेदन दिन सकिनेछ।

लघुवित्तले कात्तिक २४ गतेदेखी मंसिर २९ गतेसम्म चुक्ता पूँजीको १५० प्रतिशत अर्थात २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद बिक्रीमा ल्याएकोमा अवितरित शेयर लिलामी मार्फत अहिले बिक्रीमा ल्याएको हो।

धितोपत्रको दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता ८६४ रुपैयाँमा कारोबार भैरहेको छ।