नेको इन्स्योरेन्सको खुद बीमाशुल्क साढे ६१ करोड

0
Shares

नेको इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्ममा ६१ करोड ६० लाख ५९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद बीमाशुल्क ६.१० प्रतिशत बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५८ करोड ६ लाख ३७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

पुस मसान्तसम्ममा कम्पनीको खुद नाफा पनि १५.२३ प्रतिशत बढेको छ । पुस मसान्तसम्म कम्पनीको खुद नाफा २२ करोड १२ लाख ६७ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा १९ करोड २० लाख २५ हजार रुपैयाँ रहेको थियो । इन्स्योरेन्सको प्रति सेयर आम्दानी सामान्य बढेर २१ रुपैयाँ ९९ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ २३० रुपैयाँ १ पैसा र मूल्य आम्दानी ३८.३४ गुणा छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । इन्स्योरेन्सको विशेष जगेडा कोषको आकार ६.३०% बढेर १ अर्ब ८६ करोड ५६ लाख २ हजार रुपैयाँ, महाविपत्ती कोष पनि ९.९४% बढेर १२ करोड २३ लाख ६६ हजार रुपैयाँ पुगेको छ । कम्पनीको रिटेन्ड अर्निङ्गमा ३६ करोड ३४ लाख ९२ हजार रुपैयाँ र अन्य इक्विटीमा २६ करोड ४७ लाख ६२ हजार रुपैयाँ छ । समीक्षा अवधिमा रिटेन्ड अर्निङ्ग ३१.६४% र अन्य इक्विटी ३.८१% ले बढेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सको कुल आम्दानी १९.४२ प्रतिशत बढेर १ अर्ब १५ करोड १० लाख २३ हजार पुगेको छ । गत आवको यसै अवधिमा ९६ करोड ३८ लाख ४६ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कुल खर्च १.६७ प्रतिशत बढेर ६९ करोड ४१ लाख ६४ हजार रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको समीक्षा अवधिमा खुद दाबी भुक्तानी १०.६९ प्रतिशत घटेर ३३ करोड ९१ लाख ८ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधीमा नेको इन्स्योरेन्स कम्पनीको बीमा कोषमा ३ अर्ब ६३ करोड ३५ लाख ५२ हजार रुपैयाँ सञ्चित गरेको छ । गत आवको यसै अवधिमा ३ अर्ब १२ करोड ७ लाख २६ हजार थियो । कम्पनीको लगानी ५ अर्ब ६४ करोड ५३ लाख ५६ हजार पुगेको छ । जुन गत आवको यसै अवधिको तुलनामा १०.७५% धेरै हो ।

गत आवको यसै अवधीमा १ अर्ब ४ करोड ८६ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको कम्पनीले चालु आवको ६ महीनाको अवधिमा १ अर्ब ९ करोड ४१ लख ७५ हजार रुपैयाँ कूल बीमा शुल्क संकलन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४७ करोड ८१ लाख १५ हजार रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ८० लाख ९ हजार रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । समीक्षा अवधिमा कम्पनीको अभिकर्ता कमिशन घटेको छ ।  कम्पनीले पुससम्म २ करोड ५७ लाख ७४ हजार रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ९० लाख ४२ हजार रुपैयाँ खर्चिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।