बिन्ध्यवासिनी हाइड्रोले २५ करोडको आईपिओ जारी गर्न बोर्डमा दियो आवेदन

0
Shares

बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ ।

कम्पनीले आयोजनास्थलका स्थानीयबासीलाई दश करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर तथा सर्वसाधारणलाई १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता शेयर बिक्री गर्ने अनुमति मागेको छ ।

कास्की र लमजुङको सिमानामा बग्ने रुदी खोलामा कम्पनीले दुई वटा क्यासेट प्रोजेक्ट निर्माण गरेकोमा ८.८ मेगावाट क्षमताको रुदी खोला ’ए’को निर्माण कार्य सकिसकेको छ भने ६.६ मेगावाट क्षमताको रुदी खोला ’बि’ जलविद्युत आयोजनाको निर्माण कार्य भैरहेको छ।

कम्पनीले प्राथमिक शेयर निष्कासनका लागि सानिमा क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।

आयोजनमा सानिमा बैंकको नेतृत्वमा पाँचवटा बैँकको ७० प्रतिशत र प्रवद्र्धकको तर्फबाट ३० प्रतिशत लगानी जुटाइएको छ।

३१ मार्च २०१६ बाट निर्माण सुरु भएको यो आयोजनाबाट १५ सेप्टेम्बर २०१७ मा विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको थियो । तर, भूकम्प, नाकाबन्दी र बाढी पहिरोका कारण निर्माणमा केही समय ढिलाइ भएको आयोजनाले जनाएको छ।