फ्रेब्रुअरी १ देखि धेरै एन्ड्रोइड र आईओएस स्मार्टफोनमा ह्वाट्सएप नचल्ने, तपाईको कुन छ ?

0
Shares

आगामी फ्रेब्रुअरी १ तारिखदेखि हाल प्रयोग भैरहेको धेरै संख्याको एन्ड्रोइड र आईओएस स्मार्टफोनमा ह्वाट्सएप नचल्ने भएको छ।
फेसबुकको स्वामित्वमा रहेको म्यासेजिङ्ग एप ह्वाट्सएपले धेरै सोधिने प्रश्नहरु (FAQ) को सेक्सनमा अद्यावधिक गर्ने भएसँगै कम्पनी ओएस संस्करणहरूको धैरै फोनहरुमा एप चल्न नसक्ने बताइएको छ ।

ह्वाट्सएप एफएक्यू (FAQ) सेक्सनमा दिइएको जानकारी अनुसार, एन्ड्रोइड २.३.७ अपरेटिङ्ग सिस्टम चलिरहेको एन्ड्रोइड फोन, आईओएस ८ वा सो भन्दा कम अपरेटिङ्ग सिस्टम भएका आईफोनहरुमा केही हप्ता ह्वाट्सएप नचल्ने भएको हो।

ह्वाट्सएपले भनेको छ:- माथि तोकिएको मापदण्ड भन्दा कम अपरेटिङ्ग सिस्टम भएका एन्ड्रोइड र आईओएस संस्करणबाट आगामी १ फेब्रुअरी, २०२० पछि नयाँ खाता बनाउन सकिने छैनन् भने हाल रहेका खाताहरू पुन: प्रमाणीकरण नै गर्न सक्नेछन्।

तपाइले पनि अझै माथि तोकिएभन्दा कम अपरेटिङ्ग सिस्टम भएका (इन्ड्रोइड र ओएस) फोनमा ह्वाट्सएप चलाइरहनु भएको छ भने आफ्ना कुराकानी र अन्य जानकारी सुरक्षित गर्न १ फेब्रुअरी भन्दा अगाडि नै सेभ गरि सुरक्षित गर्न सकिने जनाइएको छ ।

आफ्नो च्याटको एक्सपोर्ट गर्न च्याट खोली ट्याप गर्नुपर्छ। एक्सपोर्ट च्याटमा ट्याप गरेपछि तस्वीर सहित वा बिना नै आफ्नो सबै डाउनलोड गरि सुरक्षत गर्न सकिने बताइएको छ ।

प्रविधिको प्रयोगसँगै धेरै प्रयोगकर्ताले नयाँ अपरेटिङ्ग सिस्टम प्रयोग गर्न थालिसकेकाले पुराना अपरेटिङ्ग संकरण भएका मोवाइलमा ह्वाट्सएप बन्द हुने निर्णयबाट धेरै प्रयोगकर्ताहरु प्रभावित नहुने विश्वास राखेको छ ।

कुन कुन अपरेटिङ्ग प्रणाली भएका मोबाइलमा चल्दैन ह्वाट्सएप: यस्तो छ सूची

१. एन्ड्रोइड संस्करण २.३.७ वा सो भन्दा पुरानो
२. आईओएस ८ वा सो भन्दा पुरानो
३. सबै विन्डोज ओएस फोन (सन् २०१९ डिसेम्बर,३१ देखि)

ह्वाट्सएपले निम्न अपरेटिङ्ग सिस्टमहरूमा मात्र अपडेट गरिएको एप्लिकेसन प्रयोगकर्ताले प्रयोग गर्न सक्ने जनाएको छ

१. इन्ड्रोइड रनिङ्ग ओ एस ४.०.३ प्लस
२. आईफोन रनिङ्ग आईओ ९ प्लस
३.निर्धारित फोनहरु रनिङ्ग केएआईओएस २.५.१ प्लस वा जिओफोन र जिओफोन २

ह्वाट्सएपले यसभन्दा पहिला ३१ डिसेम्बर सन् २०१९ मा पनि व्हाट्सएपले विन्डोज फोन अपरेटिङ्ग सिस्टममा आफ्नो सेवा प्रदान गर्न नसक्ने भन्दै सेवा बन्द गर्नसक्ने जनाएको थियो।