शेयर बजारमा एकैदिन दुई अर्ब बढीको कारोबार

0
Shares

निरन्तर उकालो लागेको शेयर बजारमा आइतबार एकैदिन दुई बढीको शेयर किनबेच भएको भएको छ। आइतबार ३३.४३ अंकले वृद्धि भएको नेप्से सूचक एक हजार ३४३.६५ विन्दुमा पुगेको छ।

कुल १७८ कम्पनीको कारोबार भएको बजारमा दुई अर्ब ९ करोड ८ लाख ७७ हजार रुपैयाँ बराबरको ६१ लाख ३१ हजार ४१८ कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ।

व्यापार समूहको उप सूचकमा गिरावट आएको बजारमा नेप्से सूचक २.५५ प्रतिशतले बढेको छ । बीमा समूहका सूचकमा उच्च वृद्धि देखिएको बजारमा व्यपार बाहेक सबै सूचक उकालो लागेका छन् ।

हिमालयन डिष्टलरीको उच्च कारोबार भएको बजारमा दुई दर्जन बढी कम्पनीको शेयर मूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ ।