साल्ट ट्रेडिङ्गको ब्यापारसँगै खुद नाफा ९० प्रतिशत बढ्यो

0
Shares

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ब्यापारमा आएको वृद्धिसँगै खुद नाफा पनि बढेको छ । ब्याजखर्चमा भएको उच्च वृद्धिका वावजुत कम्पनीको आम्दानीमा उच्च सुधार भएपछि खुद नाफामा समेत सोही अनुसारको आकर्षक भएको हो ।

गत आर्थिक वर्षको पुससम्मको तुलनामा कम्पनीले ९०.१५ प्रतिशतले वृद्धि गर्दै ३ करोड ५८ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो ६ महीनामा कम्पनीले १ करोड ८८ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफासँगै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ ४३ पैसाबाट बढेर १२ रुपैयाँ ८४ पैसा पुगेको छ । चुक्ता पुँजी दश प्रतिशतले बढेर २७ करोड ८८ लाख ८४ हजार ३०९ रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म जगेडा कोषको आकार पनि २ करोड ८५ लाख ५४ हजारले बढेर १ अर्ब ३५ करोड ७७ लाख १४ हजार रुपैयाँ रहेको छ । पुससम्म कम्पनीको प्रति सेयर नेटवर्थ ४१९ रुपैयाँ ३५ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मुलय ३२५९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०८.८७ गुणा छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षको पुसको तुलनामा कम्पनीको कुल आय समग्रमा ३०.४५ प्रतिशतले बढेको छ । कम्पनीको कुल आय ५५ करोड ५७ लाख १९ हजार रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा कम्पनीको बिक्री आय प्रतिशत बढेको छ । पुससम्म ३ अर्ब ४५ करोड ३८ लाखबाट बढेर ६ अर्ब ६९ करोड ५६ लाख पुगेसँगै कुल आम्दानीमा पनि सुधार भएको हो ।

कम्पनीको अन्य आय १ करोड ७३ लाखबाट बढेर १ करोड ८२ लाख रुपैयाँ पुगेको छ । यस्तै कर्मचारी खर्च १६ करोड ३७ लाखबाट १७ करोड ५० लाख, प्रशासनिक खर्च १० करोड ५ लाखबाट १० करोड ३८ लाख पुगेको छ । ब्याज खर्च ४७.४८% बढेर २२ करोड ६४ लाख ९० हजार रुपैयाँ पुगेको छ ।

कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोबार गरी आम उपभोक्ताहरुलाई गुणस्तरयुक्त खाद्यवस्तु तथा अन्य वस्तुको सरल र सहज आपूर्ति व्यवस्था गरी सामाजिक उत्तरदायित्व बहन गर्दै कारोवार गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।