बुलिस बजारमा यी हुन् उच्च शेयरमूल्य बढ्ने र घट्ने कम्पनी

0
Shares

शेयर बजार परिसूचक नेप्से ३३.४३ अंकले बढेको आइतबारको बुलिस बजारमा २५ कम्पनीको मात्र शेयरमूल्य घटेको छ भने कम्पनीको शेयरमूल्य बढेको छ । यसदिन ९ कम्पनीको शेयरको भाउ स्थीर रह्यो।

कारोबारमा आएका १७८ कम्पनीमध्ये १४४ कम्पनीको शेयरमूल्य बढ्दा एकैदिन दुई अर्ब ९ करोड बढीको शेयर कारोबार भएको हो ।यसदिन २७ कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ भने कम्पनीको शेयरमूल्य पनि ५ प्रतिशत बढीले बढेको छ ।

आइतबारको बजारमा लक्ष्मी इक्वीटी फण्ड, प्राइम लाईफ इन्स्योरेन्स, जानकी फाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशत बढेर सर्किट लागेको हो। यस्तै सगरमाथा, प्रिमियर, प्रभु, प्रुडेन्सियल, एनएलजि इन्स्योरेन्स, गुडविल फाइनान्स, गुहेश्वरी मर्चेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, मञ्जुश्री फाइनान्स, र आइएमई जनरल इन्स्योरेन्स कम्पनीको पनि १० प्रतिशत नजिकको बिन्दुमा बढेको छ ।

अन्य ४६ कम्पनीको शेयरमूल्य पनि ५ प्रतिशत बढीले बढ्न पुगेको छ।

उता बुलिस बजारमा पनि स्वाभिमान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ६.७० प्रतिशतले घटेको छ । कालिका पावर जोशी हाइड्रोपावर, बिशाल बजार कम्पनी, र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य ३ प्रतिशत धेरैले घटेको छ ।

यसैगरि रैराङ हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, घोडिघोडा लघुवित्त, कञ्चन डेभलपमेन्ट बैंक, वोमी माइक्रोफाइनान्स, ङादी ग्रुप पावर, इन्फिनिटी लघुवित्त, अरुण काबेली, पाँचथर पावर, साना किसान लघुवित्त, हिमालयन बैंक, विजय लघुवित्त, सानिमा इक्वीटी फण्ड, नेरुडे लघुवित्त, नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापक, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, सर्पोट माइक्रोफाइनान्स, छिमेक लघुवित्त, महुली सामुदायिक लघुवित्त र एनआईसी एशियाको डिबेञ्चर २०८२।०८३ को शेयरमूल्य घटेको छ ।