महिला लघुवित्तको एजीएम आह्वान, सेयरधनीलाई छैन लाभांश

0
Shares

महिला लघुवित्त वित्तीय संस्थाले फागुन २७ गते आइतबार हिमालय दृश्य रिसोर्ट धुलिखेलमा छैटौं वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त दिन बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको हो ।

अघिल्ला दुई वर्षमा ४७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश वितरण गरेको यस लघुवित्तले सेयरधनीको हात खाली बनाएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको छ ।

सभाले गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभामा अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ । सभाले संस्थापक सेयरधनीबाट ४ जना सञ्चालक निवार्चन गर्नेछ ।

कम्पनीले सभा प्रयोजनका लागि फागुन १५ गते मंगलबार बुकक्लोज गर्ने भएको छ । बुकक्लोज अनुसार फागनु १४ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।