स्टार माइक्रोइन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने, साधारण सभाबाट पारित गर्दै

0
Shares

नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय गर्न इजाजत पाएको स्टार माइक्रोइन्स्योरेन्सले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणमा आईपीआ निष्कासन गर्ने प्रस्ताव सहित फागुन २७ गते साधारण सभा आह्वान गरेको छ । सभा उक्त दिन प्रादेशिक कार्यालय दरबारमार्ग, काठमाडौँमा बिहान ११ बजे बस्ने भएको छ ।

सभाले आईपीओको अलवा गत आर्थिक वर्ष २०७९– ८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नेछ । साथै सभाले चालु आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि पारित गर्ने एजेण्डा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।