कुमारी बैंकको तीन लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

0
Shares

कुमारी बैंकको ३ लाख १४ हजार १४० कित्ता सेयर बिक्री खुला भएको छ । बैंकमा विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको ३ लाख १४ हजार संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

पहिलो चरणमा बिक्री खुला गरिएको यस सेयर खरिदका लागि हालका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्। सेयर खरिदका लागि इच्छुकले ३५ दिनभित्र माग गर्नुपर्नेछ ।

इच्छुक संस्थापक सेयरधनीले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्। तोकिएको मितिभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा कान्नी प्रावधान बमोजिम अन्य व्यक्ति तथा संस्थालाई एक्त सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।