बैंकहरुको औसत आधार दर एकल अंकमा झर्यो, कर्जा सस्तो हुने

0
Shares

वाणिज्य बैंकहरुको औसत आधार दर २०७५ मंसिरको १०.३० प्रतिशतको तुलनामा २०७६ मंसिरमा ९.४६ प्रतिशत कायम भएको छ । यो ७६ कार्तिकको तुलनमा ०.४ प्रतिशत कम हो ।

२०७६ मंसिरमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.८० प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११.९३ प्रतिशत रहेको छ । गत आवको मंसिरमा यी दरहरु क्रमशः ६.६२ प्रतिशत र १२.३२ प्रतिशत रहेका थिए ।

२०७५ मंसिरमा ९१–दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर एक प्रतिशत रहेकोमा २०७६ मंसिरमा १.६४ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ मंसिरको १.२० प्रतिशतको तुलनामा २०७६ मंसिरमा ०.७८ प्रतिशत कायम भएको छ ।

पहिलो पाँच महिनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.० प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.६ प्रतिशत र कर्जाको वृद्धिदर १५.० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।