अर्थतन्त्रका सूचक सकारात्मक देखिएकाले बैंकिङ्ग क्षेत्रका समस्या पनि छिट्टै ठिक हुन्छः ढुङ्गाना

0
Shares

नेपाल राष्ट्र बैंककाे कार्यवाहक गर्भनर निलम ढुंगानाले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएकाले बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या पनि छिट्टै ठिक हुने बताएकी छिन् ।

महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको नीतिगत बहस कार्यक्रम ‘ बैंकिङ्ग क्षेत्रको अवस्था, चुनौति र आगामी कार्यादिशा’ कार्यक्रमलाई सम्बोधन गर्दै ढुंगानाले यस्तो बताएकी हुन् ।

नेपालमा वित्तीय क्षेत्रको आकार र पहुँच विस्तार भएको, निजी क्षेत्रमा जाने कर्जा विस्तार भएको र उनको भनाई छ । साथै पुँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिने उनले बताइन् ।

ऋण लिएपछि तिर्नुपर्ने भन्दै ढुंगानाले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि यसको समस्या देखिएको बताइन् । यद्यपी छिमेकी देशहरुको तुलनामा नेपलाको खराब कर्जाको दर (एनपिएल) कम नै रहेको उनको भनाई छ ।

यसैगरी नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले विगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको भन्दै अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्ष बैंकहरुले सेयधनीलाइ लाभांश दिन नसक्ने अवस्था आउनसक्ने बताए ।

सीईओ ढुंगानाको समग्र अर्थतन्त्रमा नै समस्या आउँदा बैंकको कर्जा असुली समेत प्रभावित भएको र त्यसको प्रभाव बैंकको वित्तीय विवरणमा देखिएको उनको भनाई छ । अहिले बजारमा खरिद बिक्रीदेखि उधारो उठ्ने काम सुस्ताएको र अर्थतन्त्रमा सुधार नभएमा बैंक तथा वित्तीय संस्थाहरुले थप समस्या झेल्नुपर्नेतर्फ सहज हुन आवश्यक रहेको उनको भनाई छ ।

सरकारलाई साधारण खर्च गर्नका लागि नै ऋण उठाउनुपर्ने स्थितिले अर्थतन्त्र सहज नभएको जनाउने उनले बताए । साथै पुँजीगत खर्च बढाउने भन्दा पनि बजेट घटाउने परिपाटीले अर्थतन्त्र सकरात्मक गतिमा नजाने उनको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।