प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ ल्याउने, फागुन २७ गते एजीएम आह्वान

0
Shares

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले यहि फागुन २७ गते प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको फागुन ४ गते सम्पन्न सञ्चालक समितिको बैठकले कम्पनीको मुख्य कार्यालय गोदावरी रोड, धनगढी कैलालीमा अपरान्ह १ बजे सभा डाकेको हो ।

प्रथम वार्षिक साधारण सभाले सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशत शेयर जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

साथै सभाले समूह ‘क’ का संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार जना सदस्यको निर्वाचन र एक जना स्वतन्त्र विशेषज्ञ सञ्चालकको नियुक्ती गर्ने एजेण्डा रहेको छ ।

सभाबाट गत आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्त तथा पारिश्रमिक निर्धारण समेत हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।