माण्डु हाइड्रोपावरको सेयरको लकिङ पिरियड सकिँदै

0
Shares

माण्डु हाइड्रोपावरको फागुन २३ गतेदेखि ७२ हजार १३३ कित्ता सेयरको लकिङ पिरियड सकिने भएको छ । सामूहिक लगानी कोष योजनाहरूलाई आरक्षित गरिएको सेयरको लकिङ पिरियड सकिन लागेको हो ।

नेपाल धितोपत्र बोर्डले गत मङ्सिर २५ गते एक निर्देशन जारी गर्दै सामूहिक लगानी कोष योजनाहरूलाई आरक्षित सेयर सेयर बाँडफाँड भएको मितिले ६ महीना अगावै विक्री गर्न बन्देज लगाएको थियो । कम्पनीले आईपीओ निष्कासनका बखत पाँच प्रतिशत हुन आउने ७२ हजार १३३ कित्ता सेयर म्युचुअल फण्डलाइ आरक्षित गरेको थियो ।

बोर्डले निर्देशन जारी भए पश्चात् लकिङ्गमा राखिएको २२ हजार ९३५ कित्ता सेयरको फागुन २३ गते पश्चात् लकिङ्ग अवधि समाप्त हुने भएको हो । बोर्डको निर्देशन अगावै सामूहिक लगानी कोषहरू योजनाहरुले ४९ हजार १९८ कित्ता सेयर भने बिक्री गरिसकेका थिए । अब सामूहिक लगानी कोषहरू योजनाहरुसँग रहेको २२ हजार ९३५ कित्ता सेयरको लकइन पिरियड खुला हुने भएको हो । कम्पनीले २०८० भदौ २४ गते आईपीओ बाँडफाँड गरेको थियो । सोही मितिबाट यहि फागुन २३ गते ६ महिना पूरा हुँदैछ ।

माण्डु हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषहरुको लागि छुट्टयाईएको साधारण शेयरको लकिङ्ग अवधि समाप्ती भएसँगै फागुन २३ गतेदेखि सामूहिक लगानी कोषहरू योजनाहरुले उक्त सेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् । आइतबार कम्पनीको मूल्य ६९६ रुपैयाँ छ ।

माण्डु हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२% अर्थात् १६ लाख ३६ हजार ३७० कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।