एनआईसी एशिया बैंकले सीआईटी र सूर्योदय वोमी लघुवित्तको सेयर बेच्दै

0
Shares

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेकोनागरिक लगानी कोष (सीआईटी) र सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले दुबै कम्पनीको संस्थापक सेयर आज फागुन ६ गते आइतबारदेखि लिलामीमा विक्री खुला गरेको हो । बैंकको स्वामित्वमा रहेको सीईआटीको संस्थापक समूहको ५० हजार कित्ता र सूर्योदय वोमी लघुवित्तको संस्थापक समूहको ७५ हजार ३०५ कित्ता सेयर बिक्रीमा ल्याइएको हो ।

सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट (सीईआटी) को संस्थापक समूहको सेयरको सेयर न्यूनतम मूल्य प्रतिकित्ता ७४० रुपैयाँ र सूर्योदय वोमी लघुवित्तको संस्थापक समूहको सेयर न्यूनतम मूल्य प्रतिकित्ता २४५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सीईआटीको संस्थापक सेयर न्यूनतम १० हजार कित्ता र अधिकतममा १०० ले भाग जाने गरी सम्पूर्ण कित्ता र सूर्योदय वोमीको न्यूनतम ५ हजार र अधिकतममा सम्पूर्ण कित्ता सेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले एनआईसी एशिया क्यापिटल, बैंकको कर्पोरेट कार्यालय र विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र वीरेन्द्रनगर शाखा कार्यालयमा फागुन १४ गतेसम्म बोलपत्र पेस गर्नुपर्नेछ ।

उक्त सेयरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।