उद्योग परिस्ंघ कोशी प्रदेशको फेसबुक अकाउण्ट ह्याक, रिपोर्टका लागि आग्रह


नेपाल उद्योग परिसंघ कोशी प्रदेशले सञ्चालन गरेको फेसबुक एकाण्ट ह्याक भएको छ । एकाण्ट ह्याक भएसँगै अनर्गल फोटो कभर बनाइएको भन्दै परिसंघले एकाउण्ट बन्द गराउन सहयोग मागेको छ ।

यस सम्बन्धमा सिएनआई कोशी प्रदेशले आफ्नो फेसबुक एकाण्ट ह्उाक भएको र एकाण्ट ह्याकका सम्बन्धमा सम्बन्धित निकायलाई कार्वाहीका लागि अनुरोध गरिएको जनाएको छ ।

‘सिएनआई प्रोभियन्स बिराटनगर’ नाममा रहेको उक्त एकाण्टकम अनाधिकृत ब्यक्ति वा समुहले अनर्गल तस्वीरहरु पोष्ट गरीरहेको भन्दै परिसंघले फेसबुक एकाउण्टबाट प्रकाशित र पोष्टमा  परिसंघ कोशी प्रदेशको संलग्नता नरहेको जनाएको छ । “कुनै पनि जिम्बेवार पदाधिकारी सदस्युहरु र हाम्रो सचिवालयबाट त्यस्ता सामग्री प्रसारित नभएको ब्यहोरा सम्बन्धीत सबैलाई जानकारी गराउदछौं र यस प्रति हाम्रो संलग्नता नरहेको ब्यहोरा समेत स्पष्ट गर्दछौं, परिसंघले भनेको छ ।

सम्बन्धीत नियमनकारी निकायमा खोज र कार्वाहीका लागी अनुरोध गरि पठाइएको जनाएको परिसंघले उक्त एकाउण्टमा जोडिएका सबैलाई पोष्ट तथा एकाउण्टमा रिपोर्ट गरी एकाउण्ट बन्द गर्नका दागि सहयोग गरिदिन आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।