नामिबियासँग नेपालको दोस्रो हार


आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नामिबियाले नेपाललाई २ विकेटले हराएको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७।१ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो ।

सिरिजको पहिलो खेलमा पनि नेपाल, नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।