नेप्से सूचकसँगै कारोबार रकममा पनि निरन्तर गिरावट

0
Shares

यो साताको तेस्रो कारोबार दिनमा पनि सेयर बजार ओरालो लागेको छ। यो साता नेप्सेसँगै कारोबार रकममा पनि निरन्तर गिरावट देखिएको छ ।

बुधबार बजार ६.४६ अंकले घटेर २०२६.५९ बिन्दुमा झरेको छ। यो साता पहिलो कारोबारमा आइतबार २७.२१ अंकले घटेर २०३४.८२ बिन्दुमा झरेको बजार मंगलबार १.७६ अंकले घटेर २०३३.०६ बिन्दुमा पुगेको थियो।

बुधबार ८० कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २ अर्ब २४ करोड १९ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ। १५९ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

उयसदिन त्पादनबाहेकका सबै समूह घट्दा उत्पादन समूह भने २।८४ प्रतिशतले बढ्यो । बोटलर्स नेपालका दुबै कम्पनी बालाजु र तराईको मूल्य १० बढ्दा समग्र उत्पादन समूह बढ्न पुगेको हो ।

बैंकिङ ३, विकास बैंक २४, फाइनान्स ४, होटल तथा पर्यटन ३८, हाइड्रोपावर २३, जीवन बीमा २९, माइक्रोफाइनान्स ९, निर्जीवन बीमा ३२, अन्य १५ र ब्यापार समूह १० अंक घटे । उत्पादन समूह १६३ अंक बढ्यो ।

बोटलर्स नेपाल बालाजु, तराई, समाज लघुवित्त र हिमालय ऊर्जा विकास कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । आत्मनिर्भर लघुवित्तको मूल्य ८।५ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआईसी एसिया बैंक, पिपुल्स हाइड्रोपावर, सगरमाथा जलविद्युत्, मोलुङ हाइड्रोपावर कम्पनीअगाडि रहे।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।