छिमेक लघुवित्तमा सीईओ नियुक्त

0
Shares

छिमेक लघुवित्त वित्तीय संस्थामा चोलराज शर्मा जोशी प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको माघ ५ गते सम्पन्न २४२ औं बैठकले जोशीलाई २०७६ माघ ६ गतेदेखि लागू हुनेगरि आगामी ४ वर्षका लागि उक्त पदमा नियुक्ती गर्ने निर्णय गरेको कम्पनी सचिव दिलीप कुमार श्रेष्ठले जानकारी दिए।

यसअघि सीईओ रामचन्द्र जोशीले व्यक्तिगत कारणले प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएपछि संस्थाका सहायक महाप्रबन्धक चोलराज शर्मा जोशीलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो। जोशी संस्थाको स्थापनाकालदेखि नै कार्यरत छन्।