बजार घटेपनि यो साता यी कम्पनीको सेयरका लगानीकर्ता कमाए मुनाफा

0
Shares

सेयर बजार नेप्से यो साता २.७३ प्रतिशत अर्थात ५६.२० अंकले घटेको छ । आइतबार २०६२.०३ बिन्दुमा खुलेको बजार अन्तिम दिन बिहीबार २००५.८३ बिन्दुमा झरेको हो ।

बजार घटेपनि केही कम्पनीका लगानीकर्ताले भने यो साता मनग्यै मुनाफा कमाएका छन् । यो साता समाज लघुवित्तको सेयर मूल्य अघिल्लो साताको तुलनामा ४६.३९ प्रतिशतले बढेर २१७६ रुपैयाँ ३० पैसा पुगेको छ । यस्तै बोटलर्स नेपाल लिमिटेडका लगानीकर्ताले पनि यो साता ४४.०७ प्रतिशतले नाफा आर्जन गरेका छन् । यससँगै कम्पनीको सेयर मूल्य १३ हजार ४१५ रुपैयाँ २० पैसा पुगेको छ । यस्तै बोटलर्स नेपाल तराईको सेयर मूल्य पनि १६.१४ प्रतिशतले बढेर १३ हजार ९५० रुपैयाँ पुगेको छ ।

यसैगरी मोलुङ्ग हाइड्रोपावर कम्पनीको सेयरमूल्य पनि यो साता १३.०६ प्रतिशतले बढेर ६२५ रुपैयाँ पुगेको छ । आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ८.५६ प्रतिशत वृद्धि हुँदै प्रतिकित्ता २ हजार ३ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ । जोशी हाइड्रोपावरको सेयर मूल्य पनि यो साता ७.२९ प्रतिशतले बढेर ४१२ रुपैयाँ पुगेको छ । चिरख्वा हाइड्रोपावरका लगानीकर्ताले पनि यस साताको बजारबाट ६.५१ प्रतिशतले नाफा कमाएका छन् । यससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७३ रुपैयाँ पुगेको छ ।

यस्तै गोर्खाज फाइनान्सको सेयरको भाउ ६.१५ प्रतिशत बढेर ६१९ रुपैयाँ ९० पैसामा अन्तिम पटक कारोबार भएको छ । नेपाल वेयर हाउजिङ्गको सेयर बिहीबाार प्रतिकित्ता ७६५ रुपैयाँ पुगेको छ । यो साता मात्रै कम्पनीको सेयर मूल्य ५.७५ प्रतिशतले बढेको हो । यस्तै उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले पनि यो साताको बजारबाट ५.३२ प्रतिशतले कमाएका छन् । यसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५३२ रुपैयाँ पुगेको छ ।

यस साता कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक १ अर्ब ९४ करोड बढीको सेयर खरिद बिक्री भएको छ । यस्तै जोशी हाइड्रोपावरको ६६ करोड ९० लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ६५ करोड ५१ लाख, सगरमाथा जलविद्युतको ६० करोड ४५ लाख, एनआरएन इन्फ्रास्टक्चरको ५५ करोड ४१ लाख, सोनापुर मिनरल्स एण्ड आयलको ५१ करोड ११ लाख रुपैयाँ र ङादी ग्रुप पावरको सेयर यो साता ५० करोड ७ लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।

साताभरमा ३ करोड ५९ लाख ७४ हजार कित्ता सेयर १२ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । यो साता चार कारोबार दिन मात्र सेयर खरिद बिक्री भयो । सोमबार प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले सेयर खरिद बिक्री भएन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।