हेटौंडामा उद्योग वाणिज्य महासंघ बागमती प्रदेश कार्यालयको शिलन्यास


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले फागुन १० गते हेटौंडामा महासंघ बागमती प्रदेश कार्यालयको शिलन्यास गरेका छन् ।

भवन शिलन्यास गर्दै महासंघका अध्यक्ष ढकालले व्यापार प्रवर्धन र नेटवर्कङिको हब बन्ने लक्ष्य राखेको बताए । स्थानीय अर्थतन्त्रलाई रूपान्तरण गर्न कार्यालयको सम्भावना रहेकोमा आशावादी रहेको बताएका उनले सहयोग, नवप्रवर्तन र समावेशीता यसको निर्माण र सञ्चालनका लागि मार्गदर्शक सिद्धान्त हुनेमा उनले जोड दिए।

कार्यालय निर्माणले स्थानीय व्यवसायिक समूहका लागि दूरगामी प्रभाव सिर्जना गर्ने अपेक्षा गरएिको छ । व्यवसायिक निर्माण सम्पन्न भएपश्चात आधुनिक कार्यालय, बैठक कोठा र सम्मेलनको सुविधा उपलब्ध हुनेछ । उद्यमीहरू, स्टार्टअपहरू, र स्थापति व्यवसायहरूले यी सुविधाहरूमार्फत व्यापार तथा व्यवसायलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न, सहकार्य एवं सञ्जालका लागि प्रयोग गर्न सक्छन् ।

स्थानीय उद्यमहरू र अन्तराष्ट्रिय साझेदारहरू बीचको सम्बन्धलाई बढावा दिन व्यापार मेलाहरू, उद्योग विशेष कार्यक्रमहरू, र वाणिज्य शिखर सम्मेलनहरू आयोजना गर्नेछ।

कार्यालयमा बिजनेस इन्क्यूबेटर र एक्सेलेटरका लागि ठाउँ छुट्याइनेछ। स्टार्टअपहरू र साना व्यवसायहरूले उद्यमलाई विकाश र स्तर्नार्रोती गर्न अभमिुखीकरण, प्रशक्षिण, र स्रोतहरूको पहुँच स्थापित गर्न सक्छन् । यस अनुरूप अनुकुल वातावरणले यस क्षेत्रको समग्र आर्थिक विकाशमा योगदान पुर्याउने महासंघको विश्वास छ ।

उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठले कार्यालयले सीप विकाश कार्यक्रमहरू प्रस्ताव गर्न व्यावसायकि प्रशक्षिण संस्थानहरू र विश्वविद्यालयहरूसँग सहकार्य गर्ने योजना बनाएको जानकारी दिए । व्यावसायकि प्रतिष्पर्धाको लागि दक्ष जनशक्ति आवश्यक रहेको अवस्थामा कार्यालय स्थापना हुँदा सीपको खाडललाई पूरा गर्ने उनको विश्वास छ । स्थानीय उत्पादनहरू, हस्तकला र परम्परागत कला प्रदर्शन गर्न प्रदर्शनी ठाउँहरू पनि निर्धारण गर्नेछ। यो एक्सपोजरले स्थानीय कालीगढहरूलाई मात्रै नभई पर्यटक र ग्राहकहरूलाई पनि आकर्षित गर्ने बताइएको छ ।

भवन निर्माणको काम अघि बढ्दै जाँदा महासंघ बागमती कार्यालय यस क्षेत्रको आर्थिक उन्नति, उद्यमशीलता र सामुदायिक विकाशको संवाहक बन्न लागेको महासंघको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ११ फागुन २०८०, शुक्रबार  १६ : २२ बजे