मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर वितरण

0
Shares

मितेरी डेभलपमेन्ट बैंकले सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ । गत मंसिर २८ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा जम्मा गरिदिएको बैंकले जानकारी दिएको छ ।

बैंकको २०८० पुस १४ गते सम्पन्न भएको १८ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर पारित भएको थियो । सोही सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो ।

साधारण सभाका लागि बैंकले मङ्सिर २८ गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार मङ्सिर २७ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।