हाथवे इन्भेष्टमेन्टको बोनस सूचीकृत

0
Shares

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर बुधबार सूचीकृत भएको हो ।

कम्पनीको २०८० पुस १६ गते बिहीबार सम्पन्न भएको पन्ध्रौं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने २३ लाख ४० हजार कित्ता सेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो । सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

बुधबार सूचीकृत भएको कम्पनीको उक्त बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजार मार्फत खरिद बिक्री गर्न सक्नेछन् ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार पुस ११ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।