नेक्सजेन, नेफ्स र डिबिएस कन्सल्टिङ बिच सेवा साझेदारी सहमति

0
Shares

नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज प्रा।लि। र डिबिएस कन्सल्टिङ प्रा।लि। बिच सम्पति ब्यवस्थापन, व्यवशायिक तालिम तथा परामर्श सेवा आदानप्रदान गर्ने सहमति भएको छ ।

नेक्सजेन म्यानेजमेन्ट र नेशनल एकेडेमी काठमाण्डौं स्थित कम्पनी हुन् भने डिबिएस कन्सल्टिङ प्रा।लि। घोराही दाङमा कार्यरत कम्पनी हो । तिन वटै कम्पनी बिच यहि २०८० फाल्गुण १५ गते एक अर्काले प्रदान गर्ने सेवा सुविधा साझेदारी गर्ने गरि सम्झौता भएको हो । नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेश कुमार भट्टराई, नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेजका संचालक कमल पन्थी र डिबिएस कन्सल्टिङका संचालक निकुन्ज न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेक्सजेन म्यानेजमेन्टले मैतिदेवी काठमाण्डौमा फागुन २ गते बसन्त पंचमीबाट कर्पोरेट कार्यालय खोलेर कर्जा प्रोसेसिंग कार्य, खराब कर्जा फर्छ्योटमा सहजीकरण तथा सल्लाहकार सेवा तथा संकटग्रस्त सहकारीको व्यवसाय परामर्श सम्बन्धी कार्य प्रारम्भ गरिसकेको छ। तीन महिना भित्र देशका सात प्रदेश र प्रमुख शहरहरूमा कार्यरत विशेष समुह वा कन्सल्टिङ फर्महरूसँग साझेदारी गरी सेवा विस्तार गर्ने लक्ष्य नेक्सजेनले राखेको छ। सोहि सन्दर्भमा दाङ, घोराहिको कम्पनीसंग समझौता गरिएको जनाएको छ।

नेक्सजेन म्यानेजमेन्टले निकट भविष्ममा आफ्ना साझेदार कम्पनीहरूसंग मिलेर बैंक वित्तिय संस्थाको कर्जा प्रोसेसिंग, खराब कर्जा असुली कारोवार संचालन सम्बन्धी सिस्टम डेभलप्मेन्ट, आईटी प्रणालीको व्यवस्था, रूग्ण उद्योग टेकओभरमा सहयोग, थप पूँजी लगानीको व्यवस्था, नयाँ कम्पनी स्थापना, मर्जर एण्ड एक्विजिसनमा सहयोग, नेगोसिएसन र कन्फिलक्ट म्यानेजमेन्ट तथा विभिन्न किसिमका तालिमहरू प्रदान गर्ने उद्देश्य तथा कार्यक्रम रहेको जानकारी कम्पनीले दिएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।