दक्षिण कोरियामा मुद्रास्फीतिका कारण तलब तथा ज्याला समायोजन

0
Shares

मुद्रास्फीतिका कारण दक्षिण कोरियाको तलव तथा ज्याला लगातार दोस्रो वर्ष घटेको श्रम मन्त्रालयको तथ्याङ्कले बिहीबार देखाएको छ ।

रोजगार र श्रम मन्त्रालयको अनुसार, नियमित कर्मचारी भएका व्यवसायहरूमा मासिक औसत ज्याला २.५ प्रतिशतले बढेर २०२३ मा ३९ लाख ६६ हजार ओन (दुई हजार ९७० अमेरिकी डलर) पुगेको छ ।

सन् २०२३ मा मासिक तलब १.१ प्रतिशतले घटेर ३५ लाख ५४ हजार ओन पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ०.२ प्रतिशतले कम हो ।

सन् २०२३ मा दक्षिण कोरियाको उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) अघिल्लो वर्षको तुलनामा ३.६ प्रतिशतले बढेको छ ।

व्यवसायमा प्रति कामदारको मासिक औसत कार्य घण्टा एक वर्ष अघिको तुलनामा १.६ प्रतिशतले घटेर सन् २०२३ मा १५६.२ घन्टा पुगेको छ ।

उत्पादन उद्योगले १७०.५ को सबैभन्दा लामो मासिक कार्य घण्टा रेकर्ड गरेका छन् । पानी, ढल र फोहोर व्यवस्थापन क्षेत्र १७० घण्टाको साथ निर्माण उद्योगले गत वर्ष १२८.७ को सबैभन्दा छोटो कार्य घण्टा दर्ता गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।