आईपीओ ल्याउन लागेको नेपाल ब्रोडकास्टङ्ग च्यानलले डाक्यो विशेष साधारण सभा

0
Shares

नेपाल ब्रोडकास्टीङ्ग च्यानल लिमिटेडले चैत ७ गते विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको रजिष्ट्रार कार्यालयमा बिहान ११ बजे विशेष साधारण सभा डाकेको छ । सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न लागेको यस कम्पनीले कम्पनीको प्रबन्धपत्र संसोधन गरी आईपीओ निष्कासन गर्ने बाटो खुला गर्न एसजीएम बोलाएको हो ।

कम्पनीको गत माघ २१ गते सम्पन्न भएको वार्षिक साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नुका साथै गत आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई समेत पारित गरेको थियो । सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिइसकेको छ ।

हाल नेपाल ब्रोडकास्टीङ्ग च्यानल लिमिटेड (एनबिसिएल) ले न्यूज २४ टिभी तथा अनलाइन सञ्चालन गरिरहेको छ । विसं २०६७ साल वैशाख ८ गतेदेखि नेपाली दर्शकमाझ उपस्थित भएको नेपाल ब्रोडकास्टिङ च्यानल अन्तर्गतको टेलिभिजन च्यानल न्यूज २४ टेलिभिजन र अनलाईनले हरेक बर्ष आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउँदै लगेको छ । विगतको ऐना, वर्तमानको छवि र भविष्यको मार्गचित्र सहित जनताको चुलोसँग जोडेर पत्रकारिताको कर्म गर्नुलाई हाम्रो धर्म ठानेका कम्पनीले जनाएको छ ।

सन् २००७ मा प्रालिका रुपमा स्थापना भएको कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । अनिल जोशीको अध्यक्षता रहेको कम्पनीमा तीन सदस्यीय बोर्ड रहेको छ ।

ब्यापारमा कमी

नेपाल ब्रोडकास्टिङ च्यानलको ब्यापारमा कमी आएको छ । कम्पनीले सन् सन् २०२३ मा कम्पनीले १० करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । यसअघि सन् २०२२ मा १० करोड ८० लाख र २०२१ मा ९ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२१ पछि सन् २०२२ मा व्यापारमा सुधार गरेको कम्पनीको सन् २०२३ मा पफमेन्स खस्किएको हो ।

कम्पनीलाई विज्ञापन क्षेत्रको अवस्था र प्रतिस्पर्धात्मक मिडिया क्षेत्रका कारण केही असर पुगेको रेटिङ रेटिङ्ग एजेन्सी इन्फोमेरिक्स नेपालले जनाएको छ । उसका अनुसार दर्शक स्रोताको ध्यान डिजिटल माध्यममा गएको र विज्ञापनको क्षेत्र पनि डिजिटल हुँदै जाँदा एनबिसिएलको व्यापारमा संकुचन आएको हो । पछिल्लो समय कम्पनीले डिजिटल कन्टेन्ट मोनिटाइजेसनबाट भने केही आर्थिक पक्षमा योगदान पनि पाइरहेको बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार  १३ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।