लोअर इर्खुवा हाइड्रोले २८ करोडको आइपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

0
Shares

लोअर इर्खुवा हाइड्रोपावर कम्पनीले २८ करोड बराबरको आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

धितोपत्र बोर्डले अनुमति दिएमा लोअर इर्खुवाले २८ करोड ५ लाख ७५ हजार रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २८ लाख ५ हजार ७५० कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

लोअर इर्खुवाको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

हाइड्रोपावरले जारी पूँजी मध्ये १० प्रतिशत अर्थात ७ करोड बराबरको ७ लाख कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानिय बासिन्दालाई र २० प्रतिशत अर्थात १४ करोड बराबरको १४ लाख कित्ता साधारण शेयर जारी गर्न लागेको हो ।

हाल उक्त कम्पनीको अधिकृत पूँजी ९० करोड, जारी पूँजी ७० करोड र चुक्ता पूँजी ४९ करोड रहेको छ । स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुमा शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी ७० करोड हुनेछ ।

लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नपा र साल्पा सिलिचों गाउँपालिकामा १३ मेगावाट क्षमता भएको लोअर ईर्खुवा जलबिद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी व्यापारिक विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार  १३ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।