नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेसम्म सेयर किन्नेले पाउँछन् ?

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार दुई कम्पनीको ३२ लाख १३ हजार ५०० कित्ता बानस सयर सूचीकृत भएको छ । स्टकका अनुसार आज छिमेक लघुवित्त वित्तीय संस्था र युनिभर्सल पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

छिमेक लघुवित्तले चुक्ता पुँजीको ५ प्रतिशत बराबरले हुन आउने १४ लाख १७ हजार ७०१ कित्ता बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तीय संस्थाको गत पुस २९ गते सम्पन्न भएको २२ औं वार्षिक साधारण सभाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बोनस सेयर आज नेप्सेमा सूचीकरण गरिएको हो ।

त्यस्तै सोमबार नै युनिभर्सल पावर कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशत बराबरले हुन आउने १७ लाख ९५ हजार ७९९ दशमलव २५ कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ । गत पुस २९ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बोनस सेयर आज नेप्सेमा सूचीकरण गरिएको हो ।

सोमबार सूचीकृत भएको दुबै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीले आफ्नो डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् । साधारण सभाका लागि गरिएको बुकक्लोज अनुसार छिमेक लघुवित्तको बोनस सेयर पुस १६ गतेसम्म र युनिभर्सल पावर कम्पनीको पुस १७ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।