नेप्सेमा सर्किट लाग्दै एकैदिन १ खर्ब ८५ अर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति

0
Shares

नेपाली कांग्रेससहितको सत्ता गठबन्धन भत्किएर सत्ता समीकरणमा एमालेको प्रवेश भएपछि त्यसको सकारात्मक प्रभाव सोमबारको सेयर बजारमा सकारात्मक सर्किट लागेको छ । नेप्से ६ प्रतिशत अर्थात ११७.७० अंकले बढेर २०७८ बिन्दुमा पुगेको छ ।

यसरी नेप्सेमा सर्किट लागेसँगै सेयर बजारमा लगानीकताृको सम्पत्ति मापककुल बजार पुँजीकरण सोमबार मात्रै १ खर्ब ८५ अर्ब १ करोड ३१ लाख रुपैयाँले वृद्धि भएको छ। सोमबारको वृद्धिसँगै कुल बजार पुँजीकरण बढेर ३२ अर्ब ६६ अर्ब ३४ करोड ९२ लाख ८२ हजार ४०३ रुपैयाँ पुगेको हो । अघिल्लो दिन आइतबार ३० खर्ब ८१ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ बराबरको बजार पुँजीकरण रहेको थियो ।

नेप्से परिसूचक बढ्दा बजार पूँजीकरण पनि स्वभाविक रुपमा बढ्छ । नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको सेयर मूल्यको महत्वपूर्ण भूमिका हुन्छ । बजार पूँजीकरण भनेको सेयर बजारमा रहेको सम्पत्तिको आकार हो । नेप्सेमा सूचीकृत सेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको सेयर मूल्य र सेयर संख्याको गुणनफल नै बजार पूँजीकरण मानिन्छ ।

बजार पूँजीकरण बढ्नु भनेको ती दिनमा किन्ने लगानीकर्ताको लागि नाफा भएको बुझिन्छ । बजार पूँजीकरण बढ्नु भनेको सेयरधनीको सम्पत्ति बढेको हो । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ । नेप्से परिसूचक, बजार पूँजीकरण र कारोबार रकम सबैमा सुधार आउनु भनेको सेयर लगानीकर्ताका लागि सकारात्मक हो ।

पछिल्लो समयमा धितोपत्र बजार नयाँ र ठूला कम्पनी समेत थपिएको हुदाँ कुल बजार पुँजीकरण बढ्नमा थप मद्दत गरेको छ । तरपनि बजार सूचकले बनाएको नयाँ उचाइ नै कुल बजार पुँजीकरण उच्च भएको हो । पछिल्लो समयमा वित्तीय प्रणालीमा रहेको अधिक तरलताले सेयर बजारको अवस्था सहज हुँदै गएको छ । त्यसले गर्दा पनि बजार नयाँ उचाइ तर्फ गएको हो । वित्तीय प्रणालीमा तलरता अधिक भएको अवस्थामा सेयर बजारमा लगानी बढ्ने गर्छ । त्यसको मूख्य कारण भनेको तरलता धेरै भएको समयमा ब्याजदर घट्ने हुनाले पनि धितोपत्र बजारमा लगानी बढ्न जान्छ ।

यसअघि गत मंसिर २४ गते, आइतबार नेप्से परिसूचक ६ प्रतिशत बढेर बन्द भएको थियो। सो दिन १११.२० अंक बढेर १९६३.९८ विन्दुमा पुगेको थियो। त्यसको करिब ३ महिनापछि फागुन २१ गते सोमबार नेप्से परिसूचक ६ प्रतिशत अर्थात ११७.७० अंकले बढेर २०७८ बिन्दुमा बन्द भएको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।