तीन विना विभागीय मन्त्रीले लिए शपथ

0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्।

नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई सामेल गरेर प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।

यी तीनै जना मन्त्रीले सोमबार शपथ पनि लिइसकेका छन्। तीनै जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले पथ तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

नवनियुक्त तीनै जनाले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन्।

गिरी पर्वत, तामाङ नुवाकोट-१ र अर्याल रास्वपाबाट सामानुपातिकमा निर्वाचित सांसद हुन्। गिरी यसअघि स्वास्थ्यमन्त्री र अर्याल श्रममन्त्री थिए । तामाङ भने पहिलो पटक मन्त्री बनेका हुन।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।