नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले गर्यो दुई निर्णय

0
Shares

नवगठित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सम्पन्न भएको छ। नेकपा एमाले सहितको समर्थनमा बनेको नयाँ गठबन्धनको मन्त्री परिषद्को पहिलो बैठक आज बिहान बसेको हो ।

बैठकले दुईवटा निर्णय गरेको छ । बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई तोक्ने निर्णय गरेको छ ।

यसैगरी, संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्र संघ आयोग (सिएसडब्ल्यु) को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको जानकारी नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दिइन ।

गएको बुधबार प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । अहिले मन्त्रिपरिषद् २० सदस्यीय छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।