ग्लोबल आइएमई बैंकको आधा घण्टामै ३० करोडको कारोबार, बिक्री चाप बढ्यो

0
Shares

ग्लोबल आइएमई बैंकको बुधबारको बजारमा आधा घण्टामै ३० करोड बराबरको शेयर किनबेच भएको छ । बजार खुेलेको आधा घण्टामा कुल कारोबार ३२ करोड १८ लाख पुग्दा २९ करोड ४८ लाखको कारोबार ग्लोबलको मात्र भएको छ ।

जनतालाई गाभेको ग्लोबला आइएमईको गत सोमबार प्रतिकित्ता २५२ रुपैयाँ ४७ मा कारोबार खुलेका थियो । सोमबर र मंगलबार लगातार दुई दिन झण्डै दश प्रतिशतका दरले शेयर मूल्य बढ्दा ३०४ रुपैयाँसम्म पु्गेको थियो । दुई दिनमै प्रतिकित्ता ५२ रुपैयाँ मूल्य बढेपछि बिक्रीको चाप परेको छ ।

बुधबार पनि बैंकको शेयर मूल्य ६ रुपैयाँले बढेर प्रतिकित्ता ३१० पुगेको छ ।

नेप्सको मार्केट डेप्थमा ५३ वटा बिक्री अर्डरबाट २१ लाख कित्ता बिक्रीमा हुँदा १६२ वटा अर्डरबाट १५ लाख कित्ता खरिद अर्डर रहेको छ ।