चार दिनमै साढे ६ अर्बको शेयर कारोबार, लगातार चौंथो दिन डेढ अर्ब नाघ्यो

0
Shares

शेयर बजारमा दैनिक डेढ अर्ब बढीको कारोबार हुन थालेको छ । यो साता मात्रै लगातार चार दिन नेप्सेमा डेढ अर्ब बढीको शेयर किनबेच भएको छ ।

पछिल्लो समयमा शेयरबजारप्रति लगानीकर्ता आशावादी बन्दा बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्न थालेका छन भने पुराना लगानीकर्ता लगानी बढाउँदा दैनिक उच्च कारोबार हुन थालेको ब्रोकरहरुको भनाई छ ।

विगत एक महिनमा शेयर बजारमा आएको सुधारले बजारले बुलिस ट्रेण्ड समात्न लागेको आँकलनहरु भईरहदा शेयरमा लगानीको क्रम बढेको हो । अन्य क्षेत्रको कर्जामा भएको कडाईले पनि शेयरमा लगानी बढ्न थालेको बताईन्छ ।

यो साता मात्रै लगातार चौथो दिन शेयर बजारमा डेढ अर्ब बढीको शेयर किनबेच भएको छ । गत आइतबार नेप्सेमा एक अर्ब ५१ करोड बराबरको शेयर किनबेच भएको थियो । सोमबार एक अर्ब ९७ करोड र मंगलबार एक अर्ब ५१ करोड बढीको शेयर कारोबार भएको बजारमा एक अर्ब ५८ करोड बढीको कारोबार भएको छ । बुधबारको कुल कारोबारमध्ये ग्लोबल आइएमई बैंकको हिस्स ४० प्रतिशत छ ।

कारोबार रकमले साथ दिँदै गर्दा बजारमा भने केहि करेक्सन देखिएको छ । बुधबार नेप्से ७.०५ अंकले घटेर १३१३.४२ अंकमा झरेको छ । १७८ कम्पनीको कारोबार भएको बजारमा ४९ लाख १४ हजार कित्ता शेयर किनबेच भए । जसमध्ये १९ लाख ७७ हजार कित्ता ग्लोबलको मात्रै कारोबार भएको छ ।

जीवन बीमा बाहेक अन्य सबै समूहको सूचक रााताम्मे रहे । एशियन लाइफ र प्राइफ लाइफको शेयरमूल्य सबैभन्दा धेरै ८ प्रतिशत बढीले बढेको छ । सबैभन्दा धेरै पाँचथर पावरको शेयर मूल्य आठ प्रतिशत बढीले घटेको छ ।