भारतको जीडीपी घट्ने अनुमानले शेयर बजारमा गिरावट, सेन्सेक्स २०८ अंकले घट्यो

0
Shares

कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा कमी आउने अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्रक्षेपणपछि भारतको शेयर बजार सोमबार देखि निरन्तर ओरालो लागेको छ ।

पुन इण्डिया रेटिङगस् एण्ड रिसर्च (फिच समुह) ले पनि आर्थिक वृद्धिदर ५.५ प्रतिशतमा सिमित हुने भनेपनि भारतीय शेयरबजारमा बुधबार उच्च गिरावट आएको हो ।

केही दिन अघि मात्र आइएमएफले भारतको जीडीपी वृद्धिदर ४.८ प्रतिशत प्रक्षेपण गरेको थियो । तर, फिच समुहले आर्थिक वर्ष सन् २०२०/२१ गरेको प्रक्षेपण भने आइएमएफको भन्दा केही माथि रहेको छ । इण्डिया रेटिङ एण्ड रिसर्चले भारतको आर्थिक वृद्धि ५.५ प्रतिशतको हाराहारीमा हुने अनुमान गरेका छ । तर, भारतको राष्ट्रिय तथ्याङ कार्यालयले भने भारतको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान गरेको छ ।

यो सातामा सोमबार, मंगलबार निरन्तर घटेको भारतीय शेयर बजार बुधबार पनि सोही क्रममा रह्यो । कारोबारको पहिलो समयमा सुधारको गतीमा देखिएको भएपनि कारोबार बन्द हुँदा बम्बे स्टक एक्सचेन्ज (विएसी) का सूचक सेन्सेक्स २०८ अंकले घटेको छ । बुधबारको गिरावट पनि विएससी सेन्सेक्स ४१११५.३८ अंकमा झरेको छ ।

त्यसैगरी कारोबारको पहिलो चरणमा सुधारकै गतिमा देखिएको भारतीय नेसनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी पनि कारोबार बन्द हुँदा ६२.९५ अंकले घटेको हो । बुधबारको गिरावट पनि निफ्टी परिसूचक १२१०६.९० अंकमा रहेको छ ।

कारोबार समयको दौरानमा फिच समुहले भारतीय आर्थिक वृद्धिदरको अनुमान सार्वजनिक गरेपछि घट्न थालेको शेयर बजार कारोबार समय समाप्त हुँदासम्म निरन्तर घटीनै रह्यो ।

बुधबार भारतीय शेयर बजारमा कारोबार भएका रिलायन्स इण्डष्ट्रिज, टीसीएस, नेस्ले, एन्फोसिस, स्टेट बैंक, एचसीएल, महिन्द्रा उण्ड महिन्द्रा, भारती एयरटेल लगायतका केही कम्पनीको सेयर मूल्यमा सुधार आएको छ । तर, टाइटन, एचडीएफसी बैंक, सन फर्मा, ओएनजीसी, हीरो मोटोकार्प लगायतका केही कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ ।

फिच समुहले गरेको प्रक्षेपण अनुसार भारतको आर्थिक अवस्था तत्कालका सुधार नहुने जनाएको छ । भारत सरकारले आगामी वर्षको बजेट मार्फत सम्बोधन गरेर रोजगरी वढाउने तथा सर्वसाधारणको खर्च वृद्धि गर्ने तर्फ ध्यन दिनु पर्ने समेत सुझाएको छ ।